सपना झैं संसार छ, भुल्नु नै बेकार छ
राम भज भाई हरदम यहि नै एउटा सार छ
यता आउने जाने गर्ने, आफ्नो मन विचार छ
बाटो हिड्ने बटुवा जस्तो, कसको के परिवार छ
यस्तो भए यस्तो गर्छु, भन्नु नै बेकार छ
यस्तो ममता राख्दा राख्दै, नर्क यसले लान्छ
पारि तार्ने नारायणको नाउँ एक आधार छ
पाप पुण्य खरिद गर्ने, अनौठो बजार छ
पाप ठुलो भनि जान्नु जो अर्का बिगार्छ
धर्म ठुलो भनि गर्नु परो उपकार छ
अनित्य छ चोला यहाँ बस्नु दिन चार छ
मुर्ख भई रही रहनु पृथ्वीलाई भार छ
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.