StageLyrics
Lyrics that stay readable on stage.

सपना झैं संसार छ

Read-only lyrics view.
सपना झैं संसार छ, भुल्नु नै बेकार छ राम भज भाई हरदम यहि नै एउटा सार छ यता आउने जाने गर्ने, आफ्नो मन विचार छ बाटो हिड्ने बटुवा जस्तो, कसको के परिवार छ यस्तो भए यस्तो गर्छु, भन्नु नै बेकार छ यस्तो ममता राख्दा राख्दै, नर्क यसले लान्छ पारि तार्ने नारायणको नाउँ एक आधार छ पाप पुण्य खरिद गर्ने, अनौठो बजार छ पाप ठुलो भनि जान्नु जो अर्का बिगार्छ धर्म ठुलो भनि गर्नु परो उपकार छ अनित्य छ चोला यहाँ बस्नु दिन चार छ मुर्ख भई रही रहनु पृथ्वीलाई भार छ