हरिको चरणमा, प्रभुको चरणमा
Size Speed Start in s Exit
हरिको चरणमा, प्रभुको चरणमा
हरिको चरणमा, प्रभुको चरणमा लागोस मेरो ध्यान, कृष्ण मुरलीको धुन सुनेर ब्रम्हाले छोडे बेद पाठ गर्न शंकरले छोडे कैलाश हे कृष्ण ॥ मुरलीको धुन सुनेर नारदले छोडे बिणा बजाउन मीराले छोडे घरबार हे कृष्ण ॥ मुरलीको धुन सुनेर घुम्नै छाडे चन्द्र र सुर्य घुम्नै छोडे तारागण हे कृष्ण ॥ मुरलीको धुन सुनेर बहनै छोडे यमुना र गंगा चल्नै छोडे पवन हे कृष्ण ॥ मुरलीको धुन सुनेर गाईले छोडे घाँस चपाउन मयुरले छोडे नाच्न हे कृष्ण ॥ मुरलीको धुन सुनेर गोपालले छोडे गाई चराउन गोपिनीले छोडे घरबार हे कृष्ण ॥ मुरलीको धुन सुनेर
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.