हरिको चरणमा, प्रभुको चरणमा
Read-only lyrics view.
हरिको चरणमा, प्रभुको चरणमा
लागोस मेरो ध्यान, कृष्ण
मुरलीको धुन सुनेर
ब्रम्हाले छोडे बेद पाठ गर्न
शंकरले छोडे कैलाश हे कृष्ण ॥
मुरलीको धुन सुनेर
नारदले छोडे बिणा बजाउन
मीराले छोडे घरबार हे कृष्ण ॥
मुरलीको धुन सुनेर
घुम्नै छाडे चन्द्र र सुर्य
घुम्नै छोडे तारागण हे कृष्ण ॥
मुरलीको धुन सुनेर
बहनै छोडे यमुना र गंगा
चल्नै छोडे पवन हे कृष्ण ॥
मुरलीको धुन सुनेर
गाईले छोडे घाँस चपाउन
मयुरले छोडे नाच्न हे कृष्ण ॥
मुरलीको धुन सुनेर
गोपालले छोडे गाई चराउन
गोपिनीले छोडे घरबार हे कृष्ण ॥
मुरलीको धुन सुनेर