सधै हार मान्दछु मनमा
Size Speed Start in s Exit
सधै हार मान्दछु मनमा
सधै हार मान्दछु मनमा चलन देखेर शम्भुको जगतका नाथ भई नंगा बदन देखेर शम्भुको ॥ लुगा छैन केहि पनि सधैं छाला भिरी हिडछन् नन्दी मथि सवारी हुन्छन चलन यस्तै छ शम्भुको ॥ अफिम गाँजा भांग धतुरो अति प्यारो छ प्रभुलाई अंगभरी खरानी घस्ने गजबको चाला छ शम्भुको ॥ जत्ताका माझमा गंगा छन् ललाटमा चन्द्रमा गलामा राख्ने कालकुट गजबको ढाँचा छ शम्भुको ॥ सधैं लाउँछन् सर्पका माला ओडेरहिड्छन हात्तीको छाला सधैं झिक्छन बुढा चाला विचार यस्तै छ शम्भुको ॥ फकिरजस्तो आफु हिड्ने सबैको काम गरीदिने ब्रम्हा बिष्णु पनि पर्छन गएर शरणमा शम्भुको ॥ तिनै लोकको स्वामी शम्भु सधैं जपौं जय शम्भु म त जप्छु भोले शम्भु प्रशाद पाएर शम्भुको ॥
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.