सधै हार मान्दछु मनमा
Read-only lyrics view.
सधै हार मान्दछु मनमा चलन देखेर शम्भुको
जगतका नाथ भई नंगा बदन देखेर शम्भुको ॥
लुगा छैन केहि पनि सधैं छाला भिरी हिडछन्
नन्दी मथि सवारी हुन्छन चलन यस्तै छ शम्भुको ॥
अफिम गाँजा भांग धतुरो अति प्यारो छ प्रभुलाई
अंगभरी खरानी घस्ने गजबको चाला छ शम्भुको ॥
जत्ताका माझमा गंगा छन् ललाटमा चन्द्रमा
गलामा राख्ने कालकुट गजबको ढाँचा छ शम्भुको ॥
सधैं लाउँछन् सर्पका माला ओडेरहिड्छन हात्तीको छाला
सधैं झिक्छन बुढा चाला विचार यस्तै छ शम्भुको ॥
फकिरजस्तो आफु हिड्ने सबैको काम गरीदिने
ब्रम्हा बिष्णु पनि पर्छन गएर शरणमा शम्भुको ॥
तिनै लोकको स्वामी शम्भु सधैं जपौं जय शम्भु
म त जप्छु भोले शम्भु प्रशाद पाएर शम्भुको ॥