ईश्वरको तारतम्य
Size Speed Start in s Exit
ईश्वरको तारतम्य
ईश्वरको तारतम्य हेर कति राम्रो । सधैं भरी गुप्त रही पालन गर्छन् हाम्रो ॥ हृदयमा हुन्छन् प्रभु विचार गरी हेर । प्रभुरामले नदेख्ने ठाउँ कहाँ के छ र ॥ सकिँदैन ईश्वरको आँखा छल्न हेर । जहाँ गयो उहीं पुग्छन् प्रभु आफु निर॥ ठुलो सानु भनी हामीले नगरौं भेदभाब । भोग्नुपर्छ प्रारब्धको जो छ आफ्नो भाग ॥ चौरासी लाख घुमी बल्ल मानिस चोला पायौं । कस्तो कस्तो दुःख कष्ट भोगी हामी आयौं ॥ मर्नु पर्छ आखिरमा बाँची रहने होइन । छाडी जाँदा साथमा हामीले लाने केहि छैन ॥ तेरो मेरो भन्दाभन्दै आइहाल्छ काल । जन्म लिने सबै हामी यही हुन्छ चाल ॥ छाडौं सब संसारको स्वार्थीपन सब । प्रेमले जप्ने गरौं राम नाम अब ॥ संसारैमा जन्म भई बाँचीरहने को छ । मर्नैपर्छ आखिरमा मनमा राख होस ॥ आज भोली भन्दाभन्दै मर्ने बेला हुन्छ । अन्तमा आइ कसले प्राण थामी दिन्छ॥ देह चट्ट छाडी जाँदा साथमा हुन्न कोही । भोग्नुपर्छ पाप पुण्य एक्लै रोइ रोइ॥
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.