प्राणजाने बेलामा
Size Speed Start in s Exit
प्राणजाने बेलामा
प्राणजाने बेलामा थाहा पाउलास् मनमुर्ख किन नभजेको हरीको नाम ॥ जाँदैछ रात दिन आइ पुग्छ काल लिन किन नभजेको हरीको नाम ॥ संसारमा घुमी रमाइस पाएको मौका घुमाइस् सपनाको हांत्ति चढेर ॥ बुढो भयो रोग लाग्यो बिषयले चक्कर ख्वायो बस्न थाल्यो अनि झोक्रेर ॥ मुढाजस्तो भएर गर्भबाट बाहिर निस्क्यो दिन बिते रात दिन रोएर ॥ अलिअलि चेत आयो विषयको तृष्णा जाग्यो अझ हिड्छस् मैया बनेर ॥ बाबु बाजे भाई बन्धु हराएर सबै गए हावाको भर्यांग चढेर ॥ कुनै दिन कुनै बार लैजान्छ सरासर सपनाको काल आएर ॥ दोष छैन काललाई प्राण खिची लानलाई व्यथालाई अघिसारेर ॥ झुण्डी मर्यो डुबी मर्यो दोष छैन काललाई रोग लाग्या निहुँ पारेर ॥ रिसले दाह्रा किटेर लोकलाई आँखा तरेर तेर्सो पर्छ मुठ्ठी कसेर ॥ भाई बन्धु मिलेर डोरीले कसेर घाटमा लान्छन रामराम बोलेर ॥ बाँसको डोली चढेर सेतो कपडा ओडेर जानुपर्छ निश्चय छोडेर ॥ तेरो मेरो भन्दा भन्दै यही दिन गन्दा गन्दै जानु पर्छ सबलाई छोडेर ॥
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.