प्राणजाने बेलामा
Read-only lyrics view.
प्राणजाने बेलामा थाहा पाउलास् मनमुर्ख
किन नभजेको हरीको नाम ॥
जाँदैछ रात दिन आइ पुग्छ काल लिन
किन नभजेको हरीको नाम ॥
संसारमा घुमी रमाइस पाएको मौका घुमाइस्
सपनाको हांत्ति चढेर ॥
बुढो भयो रोग लाग्यो बिषयले चक्कर ख्वायो
बस्न थाल्यो अनि झोक्रेर ॥
मुढाजस्तो भएर गर्भबाट बाहिर निस्क्यो
दिन बिते रात दिन रोएर ॥
अलिअलि चेत आयो विषयको तृष्णा जाग्यो
अझ हिड्छस् मैया बनेर ॥
बाबु बाजे भाई बन्धु हराएर सबै गए
हावाको भर्यांग चढेर ॥
कुनै दिन कुनै बार लैजान्छ
सरासर सपनाको काल आएर ॥
दोष छैन काललाई प्राण खिची लानलाई
व्यथालाई अघिसारेर ॥
झुण्डी मर्यो डुबी मर्यो दोष छैन काललाई
रोग लाग्या निहुँ पारेर ॥
रिसले दाह्रा किटेर लोकलाई आँखा तरेर
तेर्सो पर्छ मुठ्ठी कसेर ॥
भाई बन्धु मिलेर डोरीले कसेर
घाटमा लान्छन रामराम बोलेर ॥
बाँसको डोली चढेर सेतो कपडा ओडेर
जानुपर्छ निश्चय छोडेर ॥
तेरो मेरो भन्दा भन्दै यही दिन गन्दा गन्दै
जानु पर्छ सबलाई छोडेर ॥