फुलेको फूल बगैंचा भरी
Size Speed Start in s Exit
फुलेको फूल बगैंचा भरी
फुलेको फूल बगैंचा भरी क्या राम्रो झुलेको । बासुरी बजाई गोपिनी नचाई बनैमा भुलेको || कोमल खासा फूल र पात हरियो डाँडैमा ॥ हे मन मोहन हे कृष्ण प्यारा लैजाऊ बनैमा ॥१॥ भगवान कृष्ण हेगिरीधारी शरणछु पाउमा || कण्ठै सुक्यो सुन्दैन कोहि योठुलो बनैमा ॥२॥ रातको बेला गोपी अकेला कृष्णलाई रोजेको ॥ रुदै गाउँदै गोपिनीहरु कृष्णलाई खोजेको ॥३॥ कता गयौ कृष्ण कता गयौ श्याम नहोउ बेपत्ता || पार लगाऊ लेउ शरणमा हेरी अव त ॥४॥
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.