फुलेको फूल बगैंचा भरी
Read-only lyrics view.
फुलेको फूल बगैंचा भरी क्या राम्रो झुलेको ।
बासुरी बजाई गोपिनी नचाई बनैमा भुलेको ||
कोमल खासा फूल र पात हरियो डाँडैमा ॥
हे मन मोहन हे कृष्ण प्यारा लैजाऊ बनैमा ॥१॥
भगवान कृष्ण हेगिरीधारी शरणछु पाउमा ||
कण्ठै सुक्यो सुन्दैन कोहि योठुलो बनैमा ॥२॥
रातको बेला गोपी अकेला कृष्णलाई रोजेको ॥
रुदै गाउँदै गोपिनीहरु कृष्णलाई खोजेको ॥३॥
कता गयौ कृष्ण कता गयौ श्याम नहोउ बेपत्ता ||
पार लगाऊ लेउ शरणमा हेरी अव त ॥४॥