राम प्रभुलाई नदेख्दामा अति मायाँ लागेको
अति मायाँ लागेको सारै मायाँ लागेको ||
कैकैइको वचन सुनी दशरथ बोलेको ||
कौसल्या महारानी घडी मुर्छा परेको ॥ १ ॥
पिताको बचन सुनी बनबास गएको ||
दशरथ पुत्रशोकले प्राण त्याग गरेको ॥ २॥
बनबन हिडेको अतिभोग लागेको ||
कण्ठमूल खोजीखोजी दुइभाईले खाएको ॥३॥
रामलाई फर्काउँ भनी भरतजी गएको ॥
फर्किन्न भाई म त कबुल मेरो हारेको ॥४॥
मरोज मृग भई रामलाई छलेको ॥
भिकरुप रावण आई सीतालाई हरेको ॥५॥
सीता हर्नु पिता मर्नु बनैमा सुनेको ॥
आफु भन्ने कोहि छैन दुइभाई रोएको ॥६॥
रामको बचन सुनी हनुमान गएको ॥
राबणको फूलबारी बिध्वंस पारेको ॥७॥
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.