StageLyrics
Lyrics that stay readable on stage.

राम प्रभुलाई नदेख्दामा

Read-only lyrics view.
राम प्रभुलाई नदेख्दामा अति मायाँ लागेको अति मायाँ लागेको सारै मायाँ लागेको || कैकैइको वचन सुनी दशरथ बोलेको || कौसल्या महारानी घडी मुर्छा परेको ॥ १ ॥ पिताको बचन सुनी बनबास गएको || दशरथ पुत्रशोकले प्राण त्याग गरेको ॥ २॥ बनबन हिडेको अतिभोग लागेको || कण्ठमूल खोजीखोजी दुइभाईले खाएको ॥३॥ रामलाई फर्काउँ भनी भरतजी गएको ॥ फर्किन्न भाई म त कबुल मेरो हारेको ॥४॥ मरोज मृग भई रामलाई छलेको ॥ भिकरुप रावण आई सीतालाई हरेको ॥५॥ सीता हर्नु पिता मर्नु बनैमा सुनेको ॥ आफु भन्ने कोहि छैन दुइभाई रोएको ॥६॥ रामको बचन सुनी हनुमान गएको ॥ राबणको फूलबारी बिध्वंस पारेको ॥७॥