मनको पर्दा उठायो भने
Read-only lyrics view.
मनको पर्दा उठायो भने ईश्वरलाई पाउने छौ
मनकै संसार, मनकै नाता, सुख दुख मनकै हो
मनको पर्दा उठायो भने ईश्वरलाई पाउने छौ
तिमि मन होइनौ शरीर होइनौ, न त नाम र रुपै हाँ
सबदेखि अलग आदि स्वरूप तिमि हौ
मनको पर्दा उठायो भने ईश्वरलाई पाउने छौ
मनको पर्दा अति गहिरो छ,मनको धुलो अति बाक्लो छ
सतशास्त्रको सहारा लिएमा ईश्वरलाई पाउने छौ
मनको पर्दा उठायो भने ईश्वरलाई पाउने छौ