मथुरा जाने परदेशी दाजु
Read-only lyrics view.
मथुरा जाने परदेशी दाजु कृष्णलाई भेट है
सन्देश दिई उत्तर लिई बिरह मेट है
भन्दिनु बनका लहरा पात हावामा नाच्दैछन
कृष्ण नै रोजी गोपिनी सारा आसामा बाच्दै छन्
बुद्धिको मार्ग धर्मको बाटो कृष्णले देखेनन्
मथुरा गए छाडेर पापी चिठी नै लेखेनन्
बिरानो देशमा बिरही भेषमा गोपिनी डुलेको
बाँसुरी सुन्दा त्यो काले कृष्णको संसारै भुलेको
गाँजले गाई हे मेरा भाई बनैमा हराई
कृष्णले साँच्चै छाडेको ठानी रोएर कराई