श्रीकृष्ण मेरो सब दुख हर
Read-only lyrics view.
श्रीकृष्ण मेरो सब दुख हर
श्रीकृष्ण मेरो सब दुख हर
एकबार सलाई याद गर
सुख चैन रतिभर छैन यहाँ
मन रुन्छ सधैं प्रभु खोजें कहाँ
दुनियामा कसैको छैन भर
एकबार मलाई याद गर
कति कारणले संसार भयो
किन भागी छली प्रभु लुक्नु भयो
यो भेद मलाई प्रचार गर
एकबार मलाई याद गर
जिउ गल्छ मेरो दिल गल्छ सधैं
प्रभुलाई नदेखी ब्याकुल भएँ
अति कष्ट सहें सब कष्ट हर
एकबार मलाई याद गर
भण्डार दुखीको दयाले भर
मेरो बिन्ति सुनेर सवारी हवोस
प्रभु दर्शन दिई सब पाप हर
एकबार मलाई याद गर