हेरे हेर घाम अस्तायो
Read-only lyrics view.
हेरे हेर घाम अस्तायो
हेरे हेर घाम अस्तायो अब रात बड्दै आयो
लाली परेको गाला नौनी सरिको छाला
चाउरी पर्दै आयो अब रात बड्दै आयो
कालो केश थियो पहिले चाँदीसरी भो अहिले
रुप बेरूप भयो अहिले अब रत बड्दै आयो
मोति सरीको दाँत कोहि झर्यो कोहि छाँट
बोलि लरबर भइयो अब रात बड्दै आयो
पहिले बाबु बन्यो पछी बन्यो बाजे
नाती पनाति ताती अब लठी भयो अब साथी
बस्त्र पुरानो भइयो रंग उडेर गइयो
अब फेर्ने बेला आइयो अब रात बड्दै आयो
श्री कृष्ण चन्द्र प्रभु मैले भज्न सकिन पहिले
शरण देउ प्रभु अहिले अब रात बड्दै आयो