दुईदिनको विश्राम
Read-only lyrics view.
दुईदिनको विश्राम
दुईदिनको विश्राम जगत हो, दुईदिनको विश्राम
बन्धुहरुको आवत जावत कहि घाम कहिँ छायाँ
बटुवा थरी थरी मिल्दछ पथमा,
सबको भिन्न छ काम
समय भए पछि आखिर सबले
जानु छ आफ्नो धाम
सामल आफ्नै मद्दत आफ्नै,
पथमा आउँदछ काम
जे जति छ दिव्य सम्पदा,
त्यति नै मिल्छ आराम
अन्त्य तकको जिवन यात्रा,
चल्दछ यो अविराम
मानव भन्ने जब यो विर्स्यौं,
जिवन भो बेकाम