श्रीकृष्ण कृष्ण भन्दै यो जिन्दगि बिताउँ
Read-only lyrics view.
श्रीकृष्ण कृष्ण भन्दै यो जिन्दगि बिताउँ
जसले गीता सुनायो उसलाई के सुनाउँ
श्रीचन्द्र सूर्य जस्ता जो गर्छ शृष्टि ज्योति
प्रभुको अगाडी सानु यो दिप के जलाउँ ?
जसको चरण कमलको ध्वनि बने समुन्द्र
प्रभुलाई अन्जुलिको पानि म के चढाउँ ?
अविनाशी पद्म जसको करमा फुलिरहेछ
ओइलाउने कमल यो प्रभुलाई म के चढाउँ ?
लक्ष्मी छिन पास जसको कौस्तुभ मणि छ
जसको उसलाई पाँच पैसा भेटि म के चढाउँ?
योगेन्द्र नाम जसको तिन लोकमा प्रशिद्ध
समता लिई योग आत्मा कसरि लगी मिलाउँ ?
निर्लिप्त जो छ भवमा उसमा मा एक सानु
विषयी शरिरलाई कसरि लगी मिलाउँ ?