मेरो तनमा छन राम
Read-only lyrics view.
मेरो तनमा छन् राम मेरो मनमा छन् राम ॥
मेरो आँखाको ज्योतिमा राम राम ॥॥
जानी नसक्नु रामजीको मायाँ ||
सबैको हृदयमा उनैको छ छायाँ ॥ १ ॥
सित्तल पवन राम फुलको सुगन्ध राम ॥
हेर सागरको तरंगमा राम राम ॥२॥
ब्यापक बनी ब्यापी रहेछन् हृदय गगनमा ॥
जगमग चम्की रहेछन् तारा गगनमा ॥३॥
चाँद किनारमा राम पर्बत झरनामा राम ॥
मेरो रोम रोममा रामराम ॥४॥
देब बनी मन्दिरमा कहिले आफै बस्दछन् ॥
कहिले पुजारी भई पुजा गर्न थाल्दछन् ॥५॥
लिला बिचित्र गर्छन् मुक्ति दिने उही हुन् ॥
हेर मालाको धागो जस्तो लुकी रहेछन् ॥६॥