भगवान दर्शन कसरी म पाउँ
Size Speed Start in s Exit
भगवान दर्शन कसरी म पाउँ
भगवान दर्शन कसरी म पाउँ सब तिर प्रभुकै बासम देख्छु मन्दिर कसरी ठम्याउँ भुवन बगैचा का प्रभु माली कस्तो फूल चढाउँ सबतिर प्रभुकै सौरभ चल्छ धुप नया कुन ल्याउँ सबहो प्रभुकै केछर मेरो प्रभुमा भोग लगाउँ ज्योतीर्मयकै ज्योती छ सबतिर आरती के म लगाउँ सबतिर प्रभु कै स्नेह बग्दै तीर्थ नयाँ कुन धाउँ तीर्थ हरुका तीर्थ स्वयम छौ के अभिषेक लगाउँ साधना व्दारा प्रभुमा पुग्ने छैन कतैतिर ठाउँ अरुक्यै छैन उपाय प्रभु अब शरण चरण मै पाउँ
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.