श्री राम जय राम जय जय राम
श्री राम जय राम जय जय राम
फलफुल पनि रोपे पछी केहि दिनमा फुल्छ
यही लोकमा धर्म गरे परन्तुमा मिल्छ
कृष्णजी को रथ ल्यायो तानातानी गर्दै
कति गए सड़ी गली कति गए मर्दै
हाम्रो शरीर कस्तो छ जस्तो नाडी घडी
जस्तो सुन्दर शरीर पनि जान्छन एकदिन जली
कोहि भय राजा काजी कोहि भय प्रजा
दुइ दिन को नाटक हेर्न पाएका छन दर्जा
पाल्यो पोस्यो सुगा मैना बनमै पस्न खोज्छ
सोजा साजा मानिस लाई दैबले नै रोज्छ
दुर्योधन को घोडा दौडाइ कृष्ण जीको सर्कस
हामी जस्तो मानिस लाई कालले कति पर्खोस्
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.