जय कृष्ण हरे, जय राम हरे शिव राम हरे,
घनश्याम हरे जय गोप सखे, प्राणमा बिभु
जय कंश निसुधन, पाही प्रभु
अज अमर नित्य छ, जीव सदा
सब तक बराबर देह हुँदा
हुन् नाटक झैं, बदलि रहने
किन शोक गरिकन, दिक्क हुने
गर कर्म तिमी सब भाव रही
फलसंग नलिकन, मुक्त भई
निज धर्म निरन्तर चालु गर
तर देश र काल विचार गर
प्रभु छन् सबमा, जलमा थलमा
तनमा जनमा कणमा अणुमा
गर भक्ति उनै प्रभु मनमा
सब दुःख सबै जगमा जनमा
सब विस्वमाहा जत्ति छन जनता
सबका संगमा गर बन्धबता
सब साथ मिलि ब्यबहार गर
सवलाई बराबर प्रेम गर
अज शंकर बिष्णु कुबेर सती
गण नायक भाष्कर इन्द्र रति
प्रभुका इसबै बिभुति भनी
सवलाई बराबर देख अनि
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.