सोह्रसय गोपिनी सारा
सोह्रसय गोपिनी सारा,
छाडी नजाऊ हे कृष्ण पियारा
दुख ताप बहुत पाएँ,
प्रभु सम्झी दौडेर म आएँ
दिदि बहिनी दाजु भै सजन,
गरौं हामी प्रभुको भजन
कृष्ण सखे बाँसुरी बजाउ,
तिमीलाई भेट्ने उपाय बताउ
सोह्रसय गोपिना सारा,
छाडी नजाऊ हे कृष्ण पियारा
गाई बाछा कराउदै झरे,
कृष्ण प्रिती लगाउन मन गरे
काले कृष्ण सबैको साथी,
देव दर्शन गर्न लागे लौ माथी
काले कृष्ण बंशीको तालैमा,
नजाऊ कृष्ण कंशको जालैमा
कंश मामा पापी छ भन्छन्,
मौका परे हजुरको ज्यान लिन्छन्
हे कृष्ण लौ छिटो आऊ,
मधुर मधुर बाँसुरी बजाउ
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.