है प्रभु सुन्न पाए मुरली रन्को
हे प्रभु सुन्न पाए मुरली रन्को
दुख पिर हट्छ कि यो मनको
हे प्रभु कसले दियो मनुष्य चोला
अर्को जन्म होला कि नहोला
रानीबनको रानी चरी मदेश तिर झर्यो
कुन दिनको अपराधले आज रुनु पर्यो
पहिले जन्म कहाँ थियौं अहिले पृथिवीमा
पछी जन्म स्वर्ग भन्छन त्यो नि कहाँ कहाँ
बिन्द्राबनमा कृष्णजीले बासुरी बजाउने
गोपिनी र ग्वालाहरुलाई मोहिनी लगाउने
जानी नसक्नु प्रभु त्यो तिम्रो लिला
हृदयमा आऊ है अब किन गछौं ढिला
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.