हे मनमोहन श्याम आरती लेउ आऊ
राम लक्ष्मण जानकी जय बोलो हनुमान कि
हे मनमोहन श्याम आरती लेउ आऊ
बिन्द्राबनको कुन्जगलीमा गोपिनीहरुको साथ भई
रुनु झुनु रुनु झुनु बेनु बजाई आरती लेउ आऊ
गोबर्धनको वरिपरी घुमी घुमी गाई गोप लिएर
राधा लाई साथ लिएर आरती लेउ आऊ
तिमी हौ स्वामी अन्तरयामी पुरण ब्रम्ह प्रभुनै
सचिदानन्द स्वरुपा आरती लेउ आऊ
ज्ञान स्वरुपा प्रभु नै भगवान आत्मा रुपा प्रभुनै
गीता ज्ञान सुनाउने भागवत धर्म बताउने
आरती लेउ आऊ
दास यो हाम्री चरण कमलमा बिन्ती गर्छौं स्वामी
प्रेम पुजारी भैकन हरदम बस मेरो हृदय कमलमा
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.