अब अर्पण गर्दछु जीवनको,
सब भार प्रभुको पाउमा
या जित हओस या हार हओस,
गरी निश्चय सुम्पे पाउमा
मेरो निश्चय यो छ अटल मनमा,
एक दिन प्रभुलाई म पाउँछु
परिवारहरुको आशा नलिकन
प्रेम लगाउदै आउछु
यदि बस्नु परे पनि बसुँ जगमा,
प्रभुको गुण किर्तन गाइ बसुँ
गुण दोष सबै मेरो अर्पण होस्,
सब कर्म प्रभुको पाउमा
यदि जन्म भएमा जे म बनौं,
तर तिम्रो चरणको प्रेमी बनौं
प्रभु नाम कथा सुनी जीवन यो,
सब कर्म प्रभुको पाउमा
जब सम्म म बस्छु जीव यहाँ,
केही आशा नलिकन कम गरु
श्री कृष्ण भजी भजी प्राण छुटोस्,
जगदिश्वर प्रभुको पाउमा
तिमीमा र ममा अब भेद छ यो,
म हुँ जीव तिमी परमेश्वर हौ
म छु बद्ध तिमी मोचक हौ,
भनी पर्दछु सेवक पाउमा
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.