विन्द्रावनैमा कृष्ण मधुवनैमा
Size Speed Start in s Exit
विन्द्रावनैमा कृष्ण मधुवनैमा
विन्द्रावनैमा कृष्ण मधुवनैमा रास लिला भारी भयो सखी संगैमा मोरमुकुट हातमा बंसी, सारै सुहाउने बाँसुरीको धुनै मिठो, मनै रुवाउने घुमी घुमी नाच्न थाले, सखी वनैमा नाचौँ नाचौं लाग्न थाल्यो सबको मनैमा भुषणको वस्त्र जति, पैरी बदनमा बज्न थाल्यो झननन, कोमल चरणमा हाँसी हाँसी भन्छन् सखी, हेरी कृष्णलाई नटवर भेषधारी, आयो खेल्नलाई छक्कै परी बग्न छोड्यो, यमुनाको जल चन्द्रमा र तारा पनि, छैन हलचल तान भरि बाँसुरीमा, सखी सधैं गाउछन् नाची नाची हर्षले, प्रेम बढाउँछन् सुगन्धित फलफुल, बास्ना मगमगाउँछन् बेली लता मुस्कुराउँदै, अगं मिलाउँछन् दुःखी जीवन भक्ति गरी, देव रुप बन्छ कृष्ण सगं प्रेम गरे यो भजनले टर्छ
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.