बिन्ती गर्छु म पाउ परी
Size Speed Start in s Exit
बिन्ती गर्छु म पाउ परी
बिन्ती गर्छु म पाउ परी बिन्ती गर्छ म पाउ परी, मलाई लेउ शरणमा हरि संसार सिन्धुमा म परि रहेछु, गजेन्द्र जस्तै म डुबिरहेछु आउ गरुड चढी, मलाई लेउ शरणमा हरि मायाको पिजंडामा म छु बेहाल, आफ्नो खराउ झैँ मलाई सम्हाल गिद्ध झैँ प्यारो गरी, मलाई लेउ शरणमा हरि संसारमा आएर एक चिज पाएँ, सौगात प्रभुलाई यै ल्याई चढाएँ आखाँमा आशु भरी, मलाई लेउ शरणमा हरि दुःखी अनाथमा प्रभु एक सहारा, आउ प्रभु यो हृदय कमलमा सबरी झैँ प्यारो गरी, मलाई लेउ शरणमा हरि भक्तको लागि खम्बामा आई, दुष्टलाई मारी भुभार हटाई प्रल्हाद झैँ प्यारो गरी, मलाई लेउ शरणमा हरि भक्तकै लागि द्वारिका देखी आई, सारी बढाई इज्जत राखी द्रोपदी झैँ प्यारो गरी, मलाई लेउ शरणमा हरि
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.