माझी बनी प्रभु आए
माझी बनी प्रभु आए,
लाग्दछ मेरो नाउ किनारा
प्रभुको दर्शन पाए,
प्रभुको शरणमा आए
यो भव सागर विघ्न छ गहिरो
लागे डुब्न म हाय
काम्छ मुटु डरले थरथरी,
छैननी नाथ सहाय
चल्यो हुरी मायाँको चारै,
तरफ घटाघन छाये
उड्दा विषय धुलोहरुले,
आखाँ बन्द गराए
डगमग गर्छन जीवन नाउ,
दिन साहारा कृष्ण बचाउ
काम क्रोधहरु टोक्न मलाई
ग्राह बनीकन आए
शक्ती टुट्यो लौ होस् उठ्यो प्रभु,
दुख असाध्यै पाएँ
कण्ठ सुक्यो सुन्दैनन् कोही
कयौं रोएँ कराएँ
भगवान कृष्ण हे गिरिधारी
शरण प्रभुमा आएँ
हात समात यो भुमरीमा
चोट भयंकर पाएँ
पतित पति छु भन्दै हिड्दा
शरम नहोस् प्रभुलाई
अबको पाली पनि भक्तहरुको
नौका पार नलाए
-४७.
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.