हे कृष्ण मेरो कृष्ण हजुरले त माया मार्नु भो
पानको बिडा हातमा लिई राधालाई बुझाउनु भो
सारा प्यारीको मुखमा हेरी नकल पार्नु भो
सातै वर्ष उमेरैमा पिरती लाउनु भो
नमरी जानु नछोडी जानु अधुरो पार्नु भो
संगै खायौँ संगै लायौं हजुरको कृपाले
छाडी जाउँ भने पनि मनै ले मानेन
बिहान भयो बेलुकी भयो, गाईलाई दोलाऊँदै
गोपिनी सित ख्याल ठट्टा गर्दा नकल पार्नुभो
हरियो भन्नु तुलसी पत्र सुकेको जौतिल
चढाउन सकिन मैले कसरी लाउनु दिल
छुरीले हान्नु बल्सीले तान्नु बचनले महान्नु
कुब्जा जस्तो नौ ठाउँ मा बांगो मलाई नठान्नु
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.