तेरा घुम्रिएको बाल कृष्ण
तेरा घुम्रिएको बाल कृष्ण सावल मुहार देखि
नाच्यो मेरो मन कृष्ण नाच्यो मेरो मन, छम छम
भृगुपद हृदयमा, पिताम्बरको धोती
तिनैलोकलाई जगमग पार्ने दिब्य मुहार ज्योती
तिम्रो मधुर मुस्कान उसमा बाँसुरीको तान देखि
नाच्यो मेरो मन कृष्ण नाच्यो मेरो मन, छम छम
कन्ठी कुण्डल जगमग गर्ने झल्क्यो मुकुट शिरमा
चौध लोकलाई बसमा ल्याउने बाँसुरी छ हातमा
नाचे राधासँग श्याम, गाए गोपिहरुले गान देखि
नाच्यो मेरो मन कृष्ण नाच्यो मेरो मन, छम छम
तारागण चन्द्रगण बादल वर्षा झरी
घुम्टो हाली नक्कल पारी, ढाँचा पारी पारी
घुम्टो भित्र नै सरमाइ आखाँ उनैलाई जुधाई
नाच्यो मेरो मन कृष्ण नाच्यो मेरो मन, छम छम
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.