व्यर्थै मलाई व्यर्थै मलाई रोइरहनु पारेर
हे कृष्ण प्यारा आँसुका धारा नजाऊ है छोडेर
हरियो भन्नु तुलसी पत्र, सुकेको जौ तिल
कृष्णलाई भेट्न नपाउदा खेरी रोइरहेछ यो दिल
गोकुल खोजे मथुरा खोजें पाईननि कृष्णलाइ
उज्यालो नहुँदा सधैँ मा रुँदा खोजुँ कहाँ कृष्णलाई
आकाशैभरि नौ लाखे तारा, भएर के गर्नु
कृष्णलाई भेट्न नपाउदा खेरि जिउंदै मा भो मर्नु
दुखमा परेको भक्तजनलाई उतार्ने तिम्रो काम
संगै नै हिडेंको संगै नि बसेको सम्झन्छु घनश्याम
आकाशै भरि नौ लाखे तारा, एक तारा जून सित
मथुरा छन् कि गोकुलमा छन् कि कृष्ण भुले कन सित
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.