द्वापर युगमा श्रीकृष्णजीले लिनु भो अवतार
आफ्नै ममा कंशलाई मारी, हर्नु भो भुभार
शंकट पर्दा भक्तजन तिम्रो गर्दछ पुकार
दिनदयालु प्रभु नै पुगी, गर्न भो उद्धार
द्रौपदीलाई आपत पर्दा कौरव सभामा
रुदै पुकारिन परे म कृष्ण लौन यो फन्दामा
दुष्ट दुशाशनले तान्यो सारी अबला नारीको
जति नै तान्यो टुंगेन हेर फन्को त्यो सारीको
धन्य छौ प्रभु श्रीकृष्ण हरि भक्तको खातिर
जुनसुकै ठाउमा जुन सुकै बेला भैदिने हाजिर
नरसिंह में खम्बामा आई प्रभुनै बसेथ्यौ
हिरण्य मारी प्रल्हाद लाई उद्धार गरेथ्यौ
सुधामासंग मितेरी लगाई कनिका चपायौ
ग्राहलाई मारी गजेन्द्रलाई प्रभुले बचायौ
अगम्य लिला छ तिम्रो कृष्ण सहश्र अवतार
प्रभुकै भरमा अढेको छ यो विश्व नै संसार
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.