श्रीकृष्ण गोबिन्द हरे मुरारे हे नाथ नारायण बासुदेव
हरी किर्तन गरौं हामी सबै हाँसी हाँसी ॥
जान आँट्यो यो जीबन कति भन्छौ मेरो ॥
फिजाई रहेछ यमराजले कालको घेरो ॥
व्रत बस्नु एकादशी तीर्थ जानु कॉसी ॥
धर्म कर्म भन्ने हामीले गर्नुपर्छ हेर ॥
नत्र भने यो जीबन त्यसै जान्छ खेर ॥
धन सम्पति कमाएर साथमा लाने होइन ॥
भजन किर्तन गर्नलाई कहिले फुर्सद छैन ॥
भजन किर्तन गरे पनि अन्त्यमा भोज ॥
मर्ने बाँच्ने थाहा छैन कति गर्छौं मोज ॥
खान लाउन पिउन मात्र जीबन हाम्रो होइन ॥
कोहि जीव जन्तु माथि हाम्रो दया छैन ॥
हामीलाई काटे कस्तो दुख्छ उसलाई दुख्दैन र ॥
हामी सबले बुझ्नु पर्ने यही होइन र ॥
भगवानले दिएको छ सोच्ने शक्ति हामीलाई ॥
आत्मा साक्षी राखी सोचौं हामीले मार्ने कसलाई ॥
Use “Show Controls” to adjust. + / - resize, Space pauses auto-scroll, Esc exits, ↑ ↓ scroll manually.