StageLyrics
Lyrics that stay readable on stage.

दुई आँसु को थोपाले

Read-only lyrics view.
दुई आँसुको थोपाले हरिको सधैँ पाउलाई म धुन्छु अत्यन्तै रुँदै मेरो भन्नु सबै सुख औँ सम्पत्ति घर, बन्धु, अरू यहाँ जे छन् जति हरिलाई नै अर्पण म गर्छु सधैँ हरिलाई नै भज्छु अत्यन्तै रुँदै दुई आँसुको थोपाले हरिको सधैँ पाउलाई म धुन्छु अत्यन्तै रुँदै दुनियाको यो स्वार्थमा अब नफसी हरिलाई नै बोलाउँछु कम्मर कसी चाहे दुनियाले पागल भनून् सधैँ हरिलाई नै भज्छु अत्यन्तै रुँदै दुई आँसुको थोपाले हरिको सधैँ पाउलाई म धुन्छु अत्यन्तै रुँदै न इच्छा म गर्दछु सुख स्वर्गको न केही परवाह राख्दछु दुःख गर्भको सुख–दुःख बराबरी नै ठानी सधैँ हरिलाई नै भज्छु अत्यन्तै रुँदै दुई आँसुको थोपाले हरिको सधैँ पाउलाई म धुन्छु अत्यन्तै रुँदै मेरो देहमा जबसम्म रहला यो प्राण तबसम्म लगाई हरिमाथि ध्यान दुई आँसुको थोपाले हरिको सधैँ पाउलाई धुन्छु म अत्यन्तै रुँदै