दिल यो मेरो छतपतियो
Read-only lyrics view.
दिल यो मेरो छतपतियो कहिले भेटूँ श्यामरे
रुप उनको अति मनोहर पूर्ण चन्द्रझै झल्कने
किरित कुण्डल हार सोभित अंग अंग चम्किने
पार्ने मोहित भोले नाथको बिस्व मोहिनी रुपले
हर्न चित्त गोपी हरुको मधुर बसा तानले
लाज बचायो दुर्पदी को बस्त्र पस्दै प्रभु ले
बिदुर घरमा साग प्रभुले भोग लगायो प्रेमले
ब्रह्मा शंकर ऋषिमुनि योगी जस्को गर्छ ध्यानरे
सबको आत्मा ब्रम्ह सनातन सबको प्रभु चैतन्यरे
सबमा राखौं प्यार ममता त्यही प्रभुले सिकयोरे
पाउँछ दर्शन जसले किर्तन गर्छ शुद्ध चित्तले