StageLyrics
Lyrics that stay readable on stage.

श्री राम पदमा

Read-only lyrics view.
श्री राम पदमा ध्यान लगाउँ दिएर तनमन ध्यान बढाउँ सुगन्धित फुलको माला बनाई प्रभुको गलामा नैना लगाउँ सिन्दुर लावा छरी नाची गाई प्रेमले बहाएको आँसु चढाउँ निर्मल त्यो गंगाजल लिएर प्रभु को पाउ मा नै चढाउँ श्री राम मन्दिर घुमी घुमी हाँसी सुगन्ध कपुर दिप जलाउँ बिहानै उठी सबै मिलेर श्रद्धा गरियो मन लगाउँ श्रीराम सीताराम हरीनाम जप्दै श्रद्धा गरी यो शिर झुकाउँ