सदा मंगल गरुन काली
Read-only lyrics view.
सदा मंगल गरुन काली, पुकार्छु कालीको नाऊँ
जगत माता महाकाली, पुकार्छु काली को नाऊँ
भजन तिम्रो सधैं गाउँ, चरण प्रभु को सधैं पाऊँ
स्वरूप तिम्रो दर्शन पाऊँ, पुकार्छु काली को नाऊँ
चरण छोडी कहाँ जाउँ, लगाऊँ ध्यान बर पाऊँ
तेरी संसार पार जाऊँ, पुकार्छु काली को नाऊँ
दुखीको दुख नाश गर्ने, कृपा प्रभुको सधैं पाऊँ
जगत माता इनै काली, पुकार्छ काली को नाऊँ
अनाथ मुर्ख छु माता, चरण छोडी कहाँ जाऊँ
दया राखी शरण लेउ, पुकार्छ काली को नाऊँ
भरोसा छैन कोई मेरो, प्रभु देखी कुनै ठाउँ
अनाथ जानी छिपालेउ, पुकार्छ काली को नाऊँ