श्याम सखे लौन मलाई बंशी बनाउ
Read-only lyrics view.
श्याम सखे लौन मलाई बंशी बनाउ
जलिरहेको मनलाई शान्त गराऊ
जहाँ तिमी मधुबनमा रास रचाउंछौ
रास भवन मा कुन्ज बनाउछौ
जहाँ तिमी बिन्द्राबनमा गाई चराउंछौ
कुन्ज गली कदमको फूल बनाउ
या बनाउ नन्दभवन यमुना तिर
जेभएपनि भक्तलाई पार्नुहुन्न पिर
या मलाई चरणको ज्योति बनाउ
जप्छु नाम कृष्ण तिम्रो पार लगाउ