StageLyrics
Lyrics that stay readable on stage.

मलाई भुतुक्कै पार्यो कृष्ण कुसंगतैले

Read-only lyrics view.
मलाई भुतुक्कै पार्यो कृष्ण कुसंगतैले कोहि भन्छन अजम्बरी मर्ने नपर्ने हो कोहि भन्छन देउतै छैन भज्जै नपर्ने हो कोहि भन्छन स्वर्ग नर्क मलाई थाहा छैन कोहि भन्छन परमधाम नगई भा छैन कोहि भन्छन समाज सेवा मलाई थाहा छैन कोहि भन्छन धर्म गर्ने बेला भा छैन कोहि भन्छन कसो गरि छाडौं धुम्रपान कोहि भन्छन त्यै नाथेले के को लिन्छ ज्यान कोहि भन्छन जुवा तास सम्पति कमाउन कोहि भन्छन खरानीको सेतो टिका लाउने कोहि भन्छन मदिरालाई मेरो जिबन साथी कोहि भन्छन कुविचारले छोयो तिमि माथी कोहि भन्छन हिंसा गर्दा धर्म हुदैन कोहि भन्छन यमदुतले मलाई छुदैन कोहि भन्छन झैं झगडा गर्नु हुदैन कोहि भन्छन नामर्द भै मर्न हुदैन कोहि भन्छन लेख्नु पढ्नु गर्नु असल काम कोहि भन्छन हलो जोती खान्छु ढिडो माम कोहि भन्छन सत्संगतले महापुरुष बन्छ गर्दै जाँदा त्यस्तै भयो कोहि त्यसो भन्छ