भजुला रामको नाम भनि
Read-only lyrics view.
भजुला रामको नाम भनि कबुलियत गरि आएँ
जसै संसार देखेथें भुलायो पापी मायाले
भजुला राम भन्दैमा बितिगो जिन्दगी मेरो
मलाई लाख चौरासी घुमायो पापी मायाले
हेर बाल अवस्थामा म परें खान खेलैमा
जवानी मोह रसमा डुबायो पापी मायाले
प्रभु बृध्दावस्थामा म पर्छ कालको फन्दामा
अहो यमराजको फाँसी दिलायो पापी मायाले
थिएँ त्यो गर्वमा एक्लै एक्लै अन्तमा जानु छ
अनाहकमा झुठो नाता जुटायो पापी मायाले
भजन किर्तन कटरिले छुटायो दुखको बन्धन
खुशी भै बस्न आराम चरणको ठण्डी छायाँमा