कासी गएँ मथुरा गएँ
Read-only lyrics view.
कासी गएँ मथुरा गएँ गएँ बिन्द्राबनैमा
मैले हरी दर्शन पाएँ आफ्नै भित्री मनैमा
व्यापक प्रभु विश्व रुप हृदय गगनमा
स्वयम् प्रकाश दिव्य मुर्ति चौध भुवनमा
कोटी कोटी ब्रम्हाण्ड यो जसको एउटा अंगमा
मैले हरि दर्शन पाएँ आफ्नै भित्री मनैमा
सागरको तरङ्गमा फुलको सुगन्धमा
चन्द्रमाको ज्योतिभित्र सज्जनको संगमा
विश्वासको स्वासभित्र हरिको भजनमा
मैले हरि दर्शन पाएँ आफ्नै भित्री मनैमा
कर्तव्यको उपकार निजि काम कर्ममा
योगीको योगभित्र सत्य स्व धर्ममा
जहाँ हेर्यो उही राम देखे मैले नयनमा
मैले हरि दर्शन पाएँ आफ्नै भित्री मनैमा