बोलिरने हृदयको
Read-only lyrics view.
बोलिरने हृदयको चरीलाई कुन्नि के भो ?
प्यारो राम्रो पिंजडानै पन्छी बिना रित्तो भो
बोलिरने हृदयको चरीलाई कुन्नि के भो ?
बोल्ने, सुन्ने, खाने, हेर्ने, सुँघ्ने शक्ति सुन्य भो
दुख सुख सोधपुछ गर्ने के थ्यो कुन्नि चुप्प भो
बोलिरने हृदयको चरीलाई कुन्नि के भो ?
प्यारो राम्रो पिंजडानै पन्छी बिना रित्तो भो
बोलिरने हृदयको शरीरलाई कुन्नि के भो ?
ज्योति बिना अंग आज रंग उडी फुंग भो x२
बुढो ठुटो शरीर अब कठै जिउ खर्रो भो
मिठो बोलि हास्ने मुख हेर्दा अब डर भो
प्रेम तत्व के पो रैछ आज बल्ल पत्तो भो
बोलिरने हृदयको शरीरलाई कुन्नि के भो ?
प्यारो राम्रो पिंजडानै पन्छी बिना रित्तो भो
बोलिरने हृदयको शरीरलाई कुन्नि के भो ?
पागल भई उड्ने चित्त माटो संग मिल्ने भो
जस्तो मती उस्तै गती समयको कति भो
भक्ति गरी अर्ती लिने जिन्दगीनै सित्तै गो
बारबार गर्भ पिडा बोकिरहनु पर्ने भो
बोलिरने हृदयको शरीरलाई कुन्नि के भो ?
प्यारो राम्रो पिंजडा नै पन्छी बिना रित्तो भो
बोलिरने हृदयको चरीलाई कुन्नि के भो ?