हे कृष्ण सारै आपत पर्यो मलाई
Read-only lyrics view.
हे कृष्ण सारै आपत पर्यो मलाई
हे कृष्ण सारै आपत पयो मलाई,
सारै बिपत पयो मलाई
लौन लाज राख आज, सभा बिच आई
तिम्रो भक्त पुकार गर्छ, सारै दुःख पाई
दुष्ट दुशासनले ल्यायो, चुल्ठो समातेर
सहयोग गर्ने छैनन् कोही, भन्ने उसले ठानेर
जता हेर्यो उतै देख्छ, वैरीको घरो
दुशासनले समाइसक्यो, यो सारीको फेरो
हे कृष्ण मुस्किल पर्यो सहनलाई,
आज मलाई इज्जत लिनलाई
सारी तान्दा थाकिसके, पसिनाको धारा
भक्तलाई रक्षा गर्छन्, आई कृष्ण प्यारा
हे कृष्ण मेरो पुकार सुनी देउ,
अनि प्रभु चटै बचाइदेउ
लौन लाज लुट्न लाग्यो, बेर छैननी यहाँ
छिटै प्रभु सवारी होस्, छौ नि कृष्ण कहाँ
हे कृष्ण अनाथलाई सरण देउ,
आज लाज चटै बचाइदेउ
कृष्ण पनि आउनुभयो, बासरी फुकेर
सारी छोड्न लाग्नुभयो, माथि नै लुकेर
हे कृष्ण पुकार सुनी दौडी आए,
द्रोपदीको लाज बचाए