हृदयमा आइ बस नन्द दुलारा
Read-only lyrics view.
हृदयमा आइ बस नन्द दुलारा
हृदयमा आइ बस नन्द दुलारा
कृष्ण पियारा, मोहन प्यारा
यो भव सागर विच भुमरीमा,
जीवन नाउ दुब्नै लाग्यो
लौन प्रभु अब छिटो आउ,
थोत्रो डुगालाई पार लगाउ
को छ र मेरो अर्को सहारा,
तिमी बताउ मोहन प्यारा
तिमी बाहेक अरु छैन सहारा,
लक्ष्मी पति हे मोहन प्यारा
म छु पतित तिमी हौ पावन,
मेरो कन्दन सुन मनमोहन
झलक देखाउ मोहन मुरती,
शुद्ध गराउ मेरो जीवन