StageLyrics
Lyrics that stay readable on stage.

नजाऊ कृष्णजी

Read-only lyrics view.
नजाऊ कृष्णजी नजाऊ कृष्णजी नजाऊ कृष्ण जी गोपिनिलाई छाडेर नजाऊ कृष्ण जी [ धु] बिन्द्रा बनको हावापानी सारै राम्रो छ मथुरा तातो हाबा औलो लाग्दछ यसोदको मखन मिस्रि सारै मिठो छ नन्दबाबा रुनुहुन्छ दुखः लाग्दछ बिन्द्राबनको बाटो बाट आँसु बग्दछ गोपिनीको मनमा चर्को मुटु जल्दछ गाई बाच्छा पशु पन्छी सबै रुदै छन कृष्ण काले नक्कले नक्कल पार्दछौ जानुहुन्न भन्दा भन्दै जान खोज्दछौ नजाऊ नजाऊ कृष्णजी जानुहुदैन कंश मामा पापी छन भान्जा भन्दैन कंश ममाको दरबारमा मत्ता हात्ती छ नजाऊ कृष्ण हात्ती संग लड्नु पर्दछ आउन कृष्ण बसन हाम्रै मनैमा गाई चराउन संगै जाउँला बिन्द्रा बनैमा