StageLyrics
Lyrics that stay readable on stage.

बासुरी को धुन सुनेर श्याम

Read-only lyrics view.
बासुरी को धुन सुनेर श्याम आयौँ हामी दैलों थुनेर श्याम गोकुल मा छौकि प्रभु मथुरामा छौकी हामीलाई छाडी बिन्द्राबनमा लुक्नुभया हौकी नजाऊ कृष्ण हामीलाई छोडेर श्याम यमुना को किनारमा कदमको छायाँ केगरेर बिसॉ हामीले प्रभू तिम्रो माया तिम्रोमाया मार्न सकीन श्याम कहिले तिमीलाई सम्झी सम्झी रुनमन लाग्छ तिमीलाई खोजि खोजि यो जिबन थाक्छ प्रभू तिमीले माया नमार श्याम भोक पनि छैन मलाई तिर्खा पनि छैन प्रभू तिमीलाई सम्झी आएँ कहिले भेटिंदैन कहिले हाम्रो भेटहुनेहो श्याम प्रभु बिना शान्ति मलाई कतै पनि छैन भेट्न जान लाईपनि बाटो थाहा छैन आउन प्रभु आफ्नै ठानेर श्याम अभागी मलाई प्रभु दर्सन देउन कहिले कहीं मदुःखीलाई सरणमा लेउन तिमीले मलाई माया नमार श्याम