StageLyrics
Lyrics that stay readable on stage.

कृष्ण तिम्रो मुरलीले मोहनी लगायो रे

Read-only lyrics view.
कृष्ण तिम्रो मुरलीले मोहनी लगायो रे मेरो मनमा तुल्बुल भयो मनमा शान्ति छैन रे निन्द्रा मलाई लागेन कृष्ण भोक मलाई छैन रे जाऊँ भने कता जाऊँ मनमा स्थिर छैन रे कहिले आउछ कृष्ण तिमी पीर मात्र लाग्छ रे तिम्रो बाटो कुर्दा कुर्दै दिन ढल्न लाग्यो रे कति पख दोबाटोमा कहिले आउने होइन रे धेरै ढाट्यो कृष्ण मलाई मेरो मन रुन्छ रे चाडै आऊ कृष्ण तिमी मेरो रक्षा गर रे तिमीले माया मारे कृष्ण मेरो प्राण जान्छ रे कर जोडी बिन्ती गर्छु मेरो प्राण बचाऊ रे सधै भरि संगै बस्ने मेरो इच्छा पुर्याउ रे