मन मन्दिरमा ज्ञान दीप जगाउँ
Read-only lyrics view.
मन मन्दिरमा ज्ञान दीप जगाउँ,
प्रभु संग प्रिती लगाऊँ
जलमा थालमा औसब नभमा,
सबका साहारा तिमी हौ
हृदय कोमलको स्वहमा हंसमा,
सबका गति तिमी हौ
आत्मा ज्योतीको दर्शन गराउने
प्रभु संग प्रिती लगाऊँ
राम र कृष्ण बुद्ध र शिव
सबका सहारा तिमी हौ
तत्व ज्ञान दिई मोक्ष गराउने,
प्रभु संग प्रिती लगाऊँ
थरी थरी छन् प्रभुका पथिक,
सबका साहारा तिमी हौ
ब्रम्हज्ञानको मार्ग देखाउने,
प्रभु संग प्रिती लगाऊँ
मोह भएका अर्जुनलाई
मोह छुटाउने तिमी हौ
बिराट स्वरूप दर्शन गराउने,
प्रभु संग प्रिती लगाऊँ
अज्ञान अविद्या अन्धकारलाई
नष्ट गराउने तिमी हौ
ज्योतिहरुकोपनि ज्योती फिजाउने,
प्रभु संग प्रिती लगाऊँ
मुमुक्षहरुलाई जन्म मरणको
चक्र छुटाउने तिमी हौ
मोक्ष परमपद धाम पुर्याउने,
प्रभु संग प्रिती लगाऊँ